
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ मजुवामा नाइलनको डोरीले पासो लगाएको अवस्थामा पुरुषको शव फेला परेको छ। करिब ५० वर्षीय पुरषको शव मजुवाको हुग्दीखोलाको पक्की पुलमुनि खन्युको रुखमा पासो लगाएको अवस्थामा फेला परेको हो।
शवको पहिचना हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शवलाई पोष्टमार्टमका गुल्मी अस्पतातमा लगिएको छ। शवको पहिचान नभएकाले कसैले चिनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्नुहुन प्रहरीले आग्रह गरेको छ। घटना बारे थप अनुसन्धान भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
