
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले आइतबारदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो ।
यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे (धावनमार्ग)को जिर्णोद्धार गरिएको थियो ।
अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
