सभापति देउवालाई पर्यटन मन्त्री भट्टराईले सुनाए आफ्ना योजना

Share:

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज बिहान देउवा निवास बूढानीलकण्ठ पुगेर मन्त्री भट्टराईले देउवासँग भेट गरेका हुन । मन्त्री भट्टराई आफुले सम्हालेको मन्त्रालयको योजना सुनाउन र आवश्यक सल्लाह लिन पुग्न देउवा निवास पुगेका हुन् ।

भेटपछि उनले आफूले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० काबारे काँग्रेस सभापति देउवालाई जानकारी गराएको बताए ।

सभापति देउवाले मन्त्रालयका काम र भ्रमण वर्ष २०२० कोबारे अभिरुचीका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
Share: