
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ तिमीमा पहिरोले घर पुरिँदा आमा र दुई छोरीको मृत्यु भएको छ।
शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पार्वतीका श्रीमान् बलबहादुर घरबाहिर सुतेका कारण बाँच्न सफल भएको बताइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको छ ।
कमेन्ट गर्नुहोस्
