
काठमाडौं । नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले शनिबार राति दरबारमार्ग्स्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद गरेको छ । त्यस्तै उनीहरूको साथबाट १ सय ३२ वटा एटीएमसमेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए । केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुलाई आजदिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ।
