मेनुकाले जितिन् नोभा दही ‘बिग तीज, बिग धमाका’ मा सुनको गहना

Share:

पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बिग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बिग तीज बिग धमाका’ मा मेनुका ढोढारीले सुनको गहना जितेकी छिन् । पोखरा-११ रानीपौवा बस्ने उनले बम्बर उपहार आधा तोलाको सुनको गहना जितेकी हुन् ।

फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको गेम शोमा सही उत्तर लेखेर एसएमएस गर्ने मध्येबाट लक्की ड्र गर्दा उनको मोबाइल नम्बर भाग्यशाली बनेको हो । यस्तै, तीन दिनसम्म अन्य १२ जनाले जनही एक/एक हजार जितेका छन् ।

गेम शो अन्तर्गत तेस्रो दिन सही उत्तर दिएर एमएमएस गर्ने मध्येबाट कास्कीको अन्नपूर्ण गाउँपालिका ३ की अम्बिका पौडेल र निरु परियार तथा फेसबुकमा सही कमेन्ट गर्ने मध्ये जर्जिना भुर्तेल र सुभेच्क्षा सुवेदी छनौट भएका हुन् । गेम शोको दोस्रो दिन एसएमएसकर्ताबाट सुनिता ढुङ्गाना र श्याम श्रेष्ठ छनौट भएका थिए । यस्तै फेसबुकबाट निकिता थापा र बबिता घर्ती घिमिरे छानिएका थिए ।

पहिलो दिन भूपीमाया तमाङ्ग र समिक्षा पौडेल एसएमएस गर्नेमध्ये भाग्यशाली बने भने फेसबुकमा सही कमेन्ट गर्दा सुरमी तिवारी र सुनिता बराल विजेता चुनिए । सबैलाई एक/एक हजार नगद र फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोका कार्यक्रम संयोजक शंकर तिवारीले बताए ।

तीन दिनसम्म दिनहुँ एउटा तीजसँग सम्बन्धित प्रश्न सोधिएको थियो । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई जनालाई गोलाप्रथाबाट छनौट गरिएको हो ।

नोभा दहीको उत्पादक फिस्टेल डेरी प्रा.लिका मार्के्टिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए ।

नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्व्प्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको सुनाए ।

 

कमेन्ट गर्नुहोस्
Share: