
बारा । जिल्लाप्रहरी कार्यालय बाराले १२ बर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालतबाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १ बस्ने शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
सहनीलाई २०७६ सालभदौ १३ गते लुकीछिपी बसेको अवस्थामा गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका सहनीलाई कैद भुक्तानीका लागि आइतबार वीरगञ्ज करागार पठाईएकोे छ ।
कमेन्ट गर्नुहोस्
