बेलले पाए ‘रेडकार्ड’, बराबरीमा राेकियाे मड्रिड

Share:

एजेन्सी– रियल मड्रिडले स्पेनिस ला लिगामा बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा रियलले भिल्ला रियलसँग २–२ को बराबरी खेलेको हो ।

भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि ग्यारेथ बेलले दुई गोल गरेका थिए । तर उनी खेलको इन्जुरी समयमा दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

खेलको १२ औं मिनेटमा नै भिल्लारियलका लागि मोरिनोले सुरुवाती गोल गरेका थिए ।पहिलो हाफको इन्जुरी समयमा रियलका लागि बेलले पहिलो गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।

तर खेलको ७४ औं मिनेटमा भिल्ला रियलका लागि गोमेज बर्डोन्डोले गोल गर्दै खेललाई दुई एकको अवस्थामा लगेका थिए । खेल सकिँनै लाग्दा बेलले रियलका लागि बराबरी गोल गरेर भिल्ला रियलसँगको हारबाट जोगए । तर त्यसको केही समयपछि उनी रातोकार्ड खाँदै मैदान बाहिर भए ।

कमेन्ट गर्नुहोस्
Share: