
चितवन – चितवनमा बसले ठक्कर दिँदा गोरखाका एक युवकको मृत्यु भएको छ। ना ६ ख ७६८७ नंको बसले सोमबार भरतपुर महानगरपालिका-१ आँपटारीमा गोरखाका रोशन अधिकारीलाई ठक्कर दिएको हो।
गोरखाको पालुङटार नगरपालिका-१३ बस्ने २७ वर्षीय अधिकारीलाई सडकमा हिँडिरहेका बेला बसले ठक्कर दिएको थियो ।उनको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अधिकारीलाई ठक्कर दिएर भागेको बसलाई प्रहरीले मकवानपुरमा नियन्त्रणमा लिएको छ। अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
कमेन्ट गर्नुहोस्
