कति छ आज सुनचाँदीको मूल्य ?

Share:

काठमाडौं– हिन्दु नारीहरुको विशेष चाड हरितालीका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: