बागलुङ बजारबाट पाँच जना जुवाडे पक्राउ, ७२ हजार बरामद

Share:

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारबाट जुवा खेलिरहका पाँच जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट रु ७२ हजार बरामद गरेको छ ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलस्थित सुरज बोगटीको घरको भुइँतला भाडामा लिई बस्ने झापा विर्तामोड नगरपालिका–२ का हरिप्रसाद खतिवडाले जुवातास खेलाइरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खतिवडासहित कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० घर भई हाल श्रीनगरटोल डेरा गरी बस्ने डबल भुल, सिन्धुली कमलामाई नगरपालिका–४ हाल उपल्लाचौर बस्ने विकास राई रहेका छन् ।

यस्तै पाँचथरको तुम्भिया गाउँपालिका–९ घर भई श्रीनगरटोल बस्ने विष्णु राई र हाल रुद्रेपिपल बस्ने म्याग्दी जिल्लास्थित बेनी नगरपालिका–१ का मित्रलाल जैसी पनि पक्राउ परेका छन् ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: