राष्ट्रिय महिला भलिबल प्रतियोगिता : उपाधिका लागि पुलिस र न्यू डायमण्ड खेल्दै

Share:

पोखरा । पोखरामा लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको उपाधिको लागि विभागीय टिम नेपाल पुलिस क्लब र होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमी खेल्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यसैबीच गण्डकी प्रदेश प्रतियोगितामा तेस्रो भएको छ । तेस्रो स्थानको लागि आज बिहान भएको खेलमा श्रीराम खेलकुद विकास समिति दाङलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी तेस्रो भएको हो ।

तेस्रो भएको गण्डकीले २५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: