
काठमाडौं – ब्राजिल तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी नेयमार यो सिजन पनि लिग वानमै रहने भएका छन् ।
युरोपियन फुटबलको सरुवा बजार सोमबार अर्थात् आज सकिँदैछ । तर, उनी फ्रान्सबाट बाहिरिने पुष्ट खबर आउन सकेको छैन् । त्यतिमात्रै होइन नेयमारबारे बार्सिलोना र पीएसजीबीच सहमति नहुँदा पटक–पटक भएका सम्झौताका प्रयास असफल भएका छन् ।
तर, पनि सोमबार मध्येरातसम्म कुनै चामत्कारिक निर्णय भए नेयमारले पीएसजी छाड्नेछन् । नभए उनी यो सिजन पनि पीएसजीबाट नै खेल्नेछन् ।
कमेन्ट गर्नुहोस्
