
बझाङ । लगातारको वर्षाका कारण अवरुद्ध बनेको बझाङको जयपृथ्वी राजमार्ग सन्चालनमा आएको छ । शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग मंगलबार बिहानबाट सन्चालनमा आएको हो ।
राजमार्गको कचालीखोलानजिकै र जाल्या बगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाएको पहलमा राजमार्ग सन्चालनमा आएको हो ।
पहिरोका कारण रोकिएका लामो तथा छोटो दूरीका सवारी–साधनहरुसमेत सन्चालनमा आएका छन् । सडक निर्माणकाक्रममा जथाभावी डाँडा काटिएका कारण पहिरो जाने समस्या बढेको स्थानीय बताउँछन् ।
कमेन्ट गर्नुहोस्
