तीजकै दिन खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या

Share:

रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ माछ्मीमा तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी व्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। स्थानिय २७ वर्षीय नविन खड्काले आफ्नी श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेको हो ।

अत्याधिक मदिरा सेवन गरेका नविनले सोमबार राति हत्या श्रीमतीको गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । श्रीमतीको हत्या गरी फरार भएका खड्कालाई घर नजिकैको जंगलमा लुके बसेको अवस्थामा खुर्पासहित मंगलबार बिहान (आज) करिब ३ बजे प्रक्राउ गरिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।नविनलाई प्रहरी हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: