अभिभावकले गाली गर्दा बालकद्वारा आत्महत्या

Share:

वीरगन्ज – पर्साको वीरगन्जमा एक बालकले बुबा–आमाले गाली गरेको भन्दै आत्महत्या गरेका छन् ।

वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् । घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि निराश भएका गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए ।

पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्दार गरी उपचारका लागि लगिएपनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक गोविन्दको शवको परीक्षण पछि आफन्तलाई जिम्मा लगाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: