मल्ल ओमानमा हुने टी–२० श्रृङ्खलामा सहभागी नहुने

Share:

काठमाडौं– आगामी अक्टोबरमा ओमानमा हुने टी–२० क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल सहभागी नहुने भएका छन् ।

उपकप्तान मल्लले पारिवारीक कारण देखाउँदै ओमानले आयोजना गर्न लागेको टी– २० प्रतियोगितामा आफू सहभागी हुन नसक्ने बताएका हुन् ।

नेपाली टोली अहिले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अभ्यासमा व्यस्त छ । सागको अभ्यासमा रहेको नेपाली टोलीले साग अगाडि ओमानमा टी–२० शृङ्खला खेल्ने तालिका रहेको छ । प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: