
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै कम्पनीले तत्कालका लागि अन्तर बैंक कारोबार गर्न नसकिएको जनाएको छ । चिनियाँ हृयाकरको आक्रमणपछि नेप्सले यस्तो बताएको हो।
नेप्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जुन बैंकको कार्ड हो सोही बैंकको एटीएम र पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार नै प्रयोग गर्न ग्राहकहरुलाई आग्रह गरिन्छ।’
नेप्सले आफ्नो सिस्टमले अन्तराष्ट्रियस्तरको मान्यता पाएको दाबी गर्दै विश्वसनीयता र सुरक्षामा शंका नगर्न आग्रह समेत गरेको छ । नेप्सले हृयाकिङ्ग प्रकरणले निक्षेपकर्ताको खातामा रहेको रकममा कुनै असर नपरेको स्पष्ट पारेको छ ।
