इराकमा आतङ्ककारी समूहका नौ जना लडाकू मारिए

Share:

काठमाडौं – इराकको उत्तरी प्रान्त निनेभेहमा प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् ।

इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिका आवद्ध अन्तर्राष्ट्रिय संयुक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताएका छन् ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: