स्याङ्जामा जीप दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते

Share:

स्याङ्जा। स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

अन्दाजी साढे दुई वर्षका एक बालक र ५५ वर्षीय एक महिलाको ज्यान गएको हो । जिल्लाको गल्याङ नगरपालिका वडा नं ३ मा जीप दुर्घटना हुँदा अन्य २१ जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङ तर्फ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने बालकको सनाखत हुन् सकेको छैन् ।

५५ वर्षीया महिला भने रम्भा गाँउपालिकाकी खनीमाया नेपाली रहेकी छन् । उनको उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । घाइते मध्ये १९ जनालाई उपचारको लागि पाल्पा रिफर गरिएको छ ।

अन्य दुई जनाको भने गल्याङमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट ४ सय मिटर तल खसेको थियो। ओभरलोड भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: