अब एटिएमबाट एकपटकमा २० हजार मात्र निकाल्न सकिने

Share:

काठमाडौं – नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ। चिनियाँ ह्याकरले एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।

अब एटिएमबाट एक पटकमा अधिकतम् २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्रमा यस्तो निर्णय भएको उल्लेख छ ।

यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्थ्यो।

प्रहरीले समयमै सूचना पाएपछि चिनियाँ ह्यकरहरुको समूहलाई पक्राउ गर्न सफल भएको थियो। अहिले पनि सो घट्ना बारे अनुसन्धान भैरहेको छ

।

याे पनि – चिनियाँ ह्याकरले एकैदिन ६८ एटीएम ह्याक गरेको खुलासा, भारतबाट पनि नेपाली बैंकको रकम चोरी

कमेन्ट गर्नुहोस्
Share: