स्कुल जाँदै गरेकी छात्रामाथि एसिड प्रहार, एक जना पक्राउ

Share:

वीरगंज ।  वीरगंजमा विद्यालय जाँदै गरेकी एक छात्रामाथि एसिड प्रहार भएको छ । वीरगंज महानगरपालिका -३ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि छिमेकी समसाद मियाँले (युवक) एसिड प्रहार गरेका हुन्।

घरबाट करिब १ किलोमिटर पूर्व(उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान ६ः१५ बजे सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए।

एसिड प्रहार गरी भागेका समसादलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ । भने घटनामा संलग्न अर्का मजिद आलमको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

एकपक्षीय प्रेमका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसिड प्रहारबाट किशोरी मुस्कानको गाला र जीउमा पोलेको छ। उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: