वर्षाले रोकियो नेपाल र श्रीलंकाबीचको खेल

Share:

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल र घरेलु टोली श्रीलंकाबीचको खेल रोकिएको छ ।  टस जितेर नेपालले ब्याटिङ गरिरहदा खेल रोकिएको हो ।

वर्षाले खेल रोकिनुअघि नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको छ । खेलमा नेपालका ओपनर पवन सराफ १३ बल खेल्दै ४ रन बनाएर पभेलिएन फर्किएका छन्। यस्तै अर्का ब्याट्स्मान अारिफ शेख १२ बल खेल्दै ७ रन बनाएर आउट भएका छन् । श्रीलंकाका लागि दिल्सन मधुसंकाले २ विकेट लिएका छन् ।

 नेपालका रित गौतम २१ रनमा अविजित रहेका छन् । यस्तै कप्तान रोहित पौडेल २ रनमा अविजित रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: