खुकुरी प्रहार गरि पतिद्वारा पत्नीको हत्या

Share:

खोटाङ – आफ्नै श्रीमानले खुकुरी प्रहार गर्दा खोटाङमा पत्नीको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया पत्नी देविका राईलाई बिहीवार राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

पत्नीको हत्या गरेलगत्तै स्थानीयले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: