
काठमाण्डौ । सरकारले बढाएको दूधको मूल्य आज (शनिबार) देखि लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।
अब प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।
दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको हो ।
दूधको मूल्यवृद्धिको प्रभाव दही, मही, पनिर, आइसक्रिम, मिठाइलगायतका दुग्धजन्य पदार्थहरुमासमेत पर्नेछ ।
कमेन्ट गर्नुहोस्
