आज राति नेपाल टेलिकमको सेवा अवरूद्ध हुनसक्ने

Share:

काठमाडौं – नेपाल टेलिकमले फोरजी/एलटिई सेवा अपग्रेड गर्ने भएको छ। शनिबार राती ११:३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले सूचना निकालेर जनाएको छ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ। देशभर नै फोरजी/एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ।

 

कमेन्ट गर्नुहोस्
Share: