पर्यटक यातायात व्यवसायलाई व्यवस्थित बनाउन नीतिगत सुधार गर्छौं : पर्यटनमन्त्री भट्टराई

Share:

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताए ।

उनले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पु¥याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रसंशा पनि गरे ।

पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो । रासस

कमेन्ट गर्नुहोस्
Share: