
काठमाडौँ – कीर्गिस्तानमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नाडेज्दा कपमा नेपालले सोमबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानलाई ८–२ ले पराजित गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा जानेछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
पहिलो खेल खेलेको १८ घण्टा पनि नबित्दै नेपाली टोलीले अर्को खेल खेल्न लागेको हो । प्रतियोगिताको तालिकामा अनुसार हरेक दिन खेल राखिएको छ । नेपालले सोमबार खेल्न लागेको उज्वेकिस्तान बरियतामा ४४ औँ स्थानमा छ भने नेपाल १०६ औँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
