गण्डकी प्रदेशका सांसदमा पनि डेंगु संक्रमण

Share:

पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीमा डेंगुको संक्रमण देखिएको छ ।

प्रदेश सांसद दवाडीको तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्वरो आउनेलगायत लक्षण देखिएपछि अस्पताल पुग्दा डेंगु भएको पत्ता लागेको पारिवारिक स्रोतले जनाएको छ ।

उनी अझै केही दिन अस्पतालमा नै बस्नुपर्ने छ । दवाडी गोरखा निर्वाचन क्षेत्र नम्बर २ ख बाट विजयी भएका सांसद हुन् । डेंगु एडिस नामक लामखुट्टेकोले टोकेपछि लाग्ने रोग हो ।

अहिलेसम्म गण्डकी प्रदेशभर ८ सय ९६ जनामा डेंगु भेटिएको छ । प्रदेशअन्तर्गत कास्कीमा सबैभन्दा धेरै ७ सय १५ जना प्रभावित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष डेंगुबाट ६ जनाको मृत्यु भएको र ६१ जिल्लाका ३ हजार ८ सय ९९ जनामा संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १(१ जना गरी ६ जनाको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
Share: