
काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको अन्तिम लिग खेलमा नेपालले आज (मंगलबार) ताजिकिस्तानसँग खेल्दैछ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले तुलनात्मक रुपमा कमजोर टिम ताजिकिस्तानको सामना गर्न लागेको हो । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ ।
ताजिकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाललाई फाइनल पुग्न एक जितको आवश्यकता रहेको छ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले ताजिकिस्तानलाई पराजित नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुग्नेछ । उज्वेकिस्तान फाइनल पुगिसकेको छ ।
