‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड मेस्सीलाई

Share:

एजेन्सी । बार्सिलोनाका कप्तान तथा फरवार्ड लियोनल मेस्सीले ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।

गत सिजनमा च्याम्पियन्स लिग र ला लिगामा सर्बाधिक गोलकर्ता बनि युईएफए वर्ष फरवार्डको अवार्ड समेत जितेका मेस्सीले समर्थकको सर्बाधिक मत पाउदै सो अवार्ड जितेका हुन् ।

स्पेनिस क्लब बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले अवार्ड जित्ने क्रममा क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डाइकलाई पछि पारे । गत वर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: