बडादशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने

Share:

युएई। नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा युएईमा हिमाल रेमिट दशैं कप फुटवल प्रतियोगिता हुने भएको छ । आइक्याडको सहकार्य तथा पोखरा ११ को आयोजनामा कार्यक्रम हुन लागेको प्रतियोगिता संयोजक राहुल श्रेष्ठले बताए ।

‘हामीले प्रतियोगिताको तयारी तिव्र बनाएका र्छौं’ प्रतियोगिता संयोजक श्रेष्ठले भने ‘युएईमा रहेका नेपालीहरुको आपसी सम्बन्धलाई खेलकुदको माध्यमबाट प्रगाढ बनाउन तथा चाडवाडको समय गाउँघरको न्यास्रो मेट्नका लागि कार्यक्रम सहायक सिद्ध हुनेछ भन्ने विश्वास लिएका छौं।’

प्रतियोगितामा प्रथम हुनेले ४ हजार १ सय ११ दिराम, खसी तथा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै दोस्रो हुनेले २ हजार ५ सय दिराम, खसी तथा ट्रफी र मेडल प्राप्त गर्ने र उत्कृष्ट गोलकिपर, खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याच, र उत्कृष्ट डिफेन्सले ५० डिरामका साथ मायाको चिनो अवार्ड प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

फेयर प्ले टिमले २ सय दिरामका साथ टोकन अफ लभ अवार्ड हात पार्नेछन् ।  प्रतियोगिता २७ सेप्टेम्वरबाट डल्स्को अल्कुजमा हुनेछ। प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: