
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई सोमबार भेटेका उनले मंगलवार बिहान राजधानीमा प्रचण्डलाई भेटेका हुन्। चिनियाँ विदेश मन्त्री वाङसँगको भेटवार्ता उत्साहवर्द्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिए ।
उनले चिनियाँ विदेश मन्त्रीसँगको भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा पनि नयाँ आयाम थपिने विश्वास व्यक्त गरे।
चिनियाँ विदेश मन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गरेका थिए। यी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
