घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

Share:

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।

पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको हो । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ ।

यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । नेपाल भारत पेट्रोलियम पाइपलाइन परियोजना उदघाटनको अवसर पारेर मुल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

घटेको पेट्रोलको मूल्य मंगलबार १२ दिउँसो बजेदेखि लागु भएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: