नेपालद्वारा ताजिकिस्तान पराजित, उपाधिका लागि उज्वेकिस्तानसंग खेल्ने

Share:

पोखरा। किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न समुह चरणको अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गरेसंगै नेपाल फाइनलमा स्थान बनाउन सफल भएको छ ।

नेपालको लागि सावित्रा भण्डारीले निर्णायक गोल गरिन् । खेलको ८५ मिनेटमा गोल गर्दै भण्डारीले नेपाललाई जित दिलाएकी हुन् । खेलमा नेपालले निकै धेरै मौका सिर्जना गरेको थियो तर मौकाको सदुपयोग नगर्दा नेपालले १-० को कठिन जित हात पारेको हो।

नेपालले फाइनलमा अब उज्वेकिस्तान संग खेल्ने छ । समुह चरणमा पनि नेपाल र उज्वेकिस्तान एक अर्का बिरुद्ध खेलेका थिए। उक्त खेलमा उज्वेकिस्तान संग नेपाल २-० ले पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: