नादेज्दा कपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

Share:

काठमाडौँ – किर्गीस्तानमा जारी नादेज्दा कप फुटबलमा आज उपाधिका लागि नेपाली टोलीले उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने छ।

पहिलो पटक प्रतिस्पर्धा गरिरहेको नेपाली महिला फुटबल टोलीले मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले समुह चरणको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

नेपालले आज समूह चरणको हारको बदला लिंदै उपाधि जित्ने दाउमा हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: