विप्लवपुत्र प्रकाश सहित १५ विद्यार्थी रिहा

Share:

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नेत्र बिक्रम चन्द विप्लवका पुत्र प्रकाश सहित १५ विद्यार्थीलाई रिहा गरेको छ । उनीहरुलाई प्रहरीले बुधबारनै चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ गरेको थियो ।

शुल्कको विषयलाई लिएर एक सातादेखि आन्दोलनरत विद्यार्थीले बुधबार बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

स्वास्थ्य संस्थामा सेवाग्राहीलाई प्रभाव पार्नेखालका काम नगर्ने, आन्दोलनका क्रममा कसैलाई तल्लोस्तरको गालीगलौज नगर्ने प्रतिबद्धतापछि उनीहरुलाई तारेखमा छाडिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: