
काठमाडौं– डेंगुको संक्रमण देखिए पछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइत स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार नर्भिक अस्पताल भर्ना भएका डा रुइत बुधबार अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी केदार आचार्यले जानकारी दिए ।
अस्पतालबाट डिस्चार्ज भए पनि डा रुइत तत्काल बिरामीको उपचारमा भने संलग्न हुने छैनन् । डा रुइतको स्वास्थ्य अवस्था सामान्य भए पनि नर्भिकका चिकित्सकले १० दिन घरमै आरमा गर्न सुझाव दिएका छन् ।
डेंगु लागेर डा रुइतसँगै अस्पताल भर्ना भएकी उनी छोरी पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
गत शुक्रबार ज्वरो आएपछि आफै नर्भिक अस्पतालमा स्वास्थ्यजाँचका लागि पुगेका डा रुइतलाई स्वास्थ्य परीक्षणको क्रममा डेंगु भएको पुष्टी भएको थियो ।
