
चितवन– चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सीएमसी) ले विपन्न गरिब बिरामीहरुको नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेको छ ।
अस्पताल निर्देशक प्रोफेसर डाक्टर दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुरका भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा नि:शुल्क डेङ्गु परिक्षण सुरु गरेका गरेका हुन् ।
देशभर डेङ्गुले प्रकोपको रुप लिएको समयमा अस्पतालको सामाजिक अभियान अन्तर्गत नि:शुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।
नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई नि:शुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
