
नुवाकोट- जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैध रूपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको हो ।
उनले नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित सुईचौरमा २५० बोट, बेलकोटगढी नगरपालिका–६ स्थित महादेव खड्कागाउँमा दुई सय बोट, विदुरनगपालिका–१० स्थित दारेगौंडामा एक हजार ५०० गरी जम्मा एक हजार ९५० गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिए ।
उनले लागूऔषध दूर्व्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कमेन्ट गर्नुहोस्
