सन्दिप यस सिजन पनि मेलबर्न स्टार्सबाट खेल्ने

Share:

काठमाण्डौ। नेपालका लेग स्पिनर सन्दिप लामिछाने यस सिजन को बिग बास लिग पनि मेलवर्न स्टार्सबाट खेल्ने भएका छन् । अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेटमा सन्दिप आफ्नो पुरानै क्लबबाट खेल्ने भएका हुन्।

अगिल्लो सिजनमा आफ्नो जादु देखाएका सन्दिपलाई पुनः अनुबन्ध गर्ने भएको हो । मेलवर्नका प्रशिक्षक डेभिड हस्सीले सन्दीप यस सिजन क्लबमै रहने बताए ।

गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए । मेलवर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: