
पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ६ को वडा कमिटीको सपथग्रहण कार्यक्रम लेकसाइडमा पोखरा सम्पन्न भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा कास्की सहइन्चार्ज भिम ब. कार्कीको प्रमुख आतिथ्यतमामा वडाका सवै पदाधिकारीहरुलाई सपथ गराइएको थियो ।
४५ सदस्यीय वडा कमीटी जिल्ला पार्टी कार्यलयको सिफारीस तथा प्रदेश कार्यलयको अनुमोदनमा कमिटीका वडा सदस्यहरु चयन भएका थिए । सपथ ग्रहण कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेकपाका जिल्ला कार्यलय सदस्य दामोदर बैरागीले अब सदस्यहरुले ५ वटा कामहरु प्राथामिकताका साथ गर्नु पर्ने बताए ।
सरकारले गरेका राम्रा कामका प्रचार, जननिर्वाचित प्रतिनिधिहरुलाई योजनाका सुमmाव, टोल स्तरमा जनमैत्री पार्टी निर्माण लगायतका कुरा बताए । कार्यक्रममा शुभकामना मन्तव्य दिदै जिल्ला सदस्य अग्नी कंडेलले सवैजना एक ढिक्का भएर पार्टी निर्माणमा जानु पर्ने, एकरुपकता साथ विकास निर्माणका कार्यमा सहयोगीका भूमिकामा पार्टी सदस्यहरु लाग्न अनुरोध गरेका छन् ।
संघीय लोकतान्त्रिकलाई रक्षा गर्न अगाडि बढ्नुपर्ने बताए । शुभकामना मन्तव्य दिदै प्रदेश सभा सदस्य राजिव पहारीले जनता निर्वाचित गरेर हामीलाई पठाइ सके पछि सुविधा भोकी हुन नहुने कुरा बताउदै, हरेक योजना निर्माण तहमा पार्टी यस वडाका सदस्यहरुले सुमmाव दिनु पर्नेमा जोड दिएका छन् । पोखरा पर्यटनको राजधानी भएकोले यस प्रति पनि वडा कमी टी लाग्न पर्ने, केही जनप्रतिनिधिले आफ्नो सुवीधा बढाउन उठाए पनि आफूले त्यसको बिरोध गरेको, आफ्रना परिवारका सदस्यहरुलाई पिए नबनाएको कुराको जानकारी गराउनु भयो । सवै जनप्रतिनिधीहरुले घमण्ड गर्न छाड्न पर्ने बताए ।
सो अवसरमा जिल्ला सदस्य गोमा ढकालले पार्टी का वडा कमिटीका सदस्यहरु महत्वपूण खम्वा भएको कुरा बताएकी छिन् ।
केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज भिम कार्कीले सरकारको विरोधीहरु प्रचार गरीरहेका अनाधिकृत प्रचारलाई सवै कमिटीका सदस्यहरु प्रतिपाद गर्न पर्नै, बिकास निर्माणमा भए गरेका कामहरुको जनतालाई सुचित गर्न पर्ने हरेक जनतालाई अफ्ठयारा पर्दा सहयोगी हुदै पार्टीका सवै तहमा जिम्मेवरी पूर्ण ढंगमा लाग्न अनुरोध गरेका छन् ।
कार्यक्रम पोखरा महानगरपालीका वाड न. ६ क पार्टी कमिटीका अध्यक्ष नर्मला कँडेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमलाई समापन गर्दै अध्यक्षले पार्टी एक ढिक्का बनाएर हरेका निर्णयमा सवै कमिटीका सदस्यहरु बिच छलफल गरेर जाने कुराको प्रतिबद्धता गर्दै कार्यक्रमको समापन भएको थियो ।
