नेपाल आज जोर्डनसंग भिड्दै

Share:

पोखरा । जोर्डनमा सञ्चालित एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल र आयोजक जोर्डन भिड्दैछन् । नेपालका लागि आज (शनिबार)को खेल पहिलो हो । नेपालले आफ्नो पहिलो खेलमै प्रतिबद्वन्द्वीका रुपमा बलियो टोली जोर्डनलाई पाएको छ ।

नेपाली टिमका प्रशिक्षक सुनिल श्रेष्ठ पनि जोर्डनलाई बराबरीमा रोक्ने रणनीति नै टिमले अवलम्बन गर्ने बताउँछन् ।

नेपाल हालैमात्र भारतमा सम्पन्न साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेको थियो । तर, टिमलाई उपविजेता बनाउँदा कप्तानको भूमिका निभाएका प्रदीप लम्सालसहित अन्य दुई खेलाडी असिम राई र इश्वर गुरुङले जोर्डनसँगको खेल गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: