दिवंगत छोराको सम्झनामा आमाको वियोगान्त गित सार्वजनिक

Share:

प्याराग्लाइडिङ्ग दुर्घटनामा ज्यान गुमाएका प्रभात सुवेदीको सम्झनामा कस्तो ठाउँमा बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गजलकार मनु शर्माको शब्द रहेको गजललाई गायिका तथा सञ्चारकर्मी सजना बास्तोलाले स्वर र सुनिल गायकले संगीत भरेका छन ।
वास्तबिक घटनामा आधारित रहेको गीतको भिडियोमा गजलकार मनु शर्माले आमा र सुर्य ढकालले छोराको भुमिका निर्वाह गरेका छन् । उनीहरुलाई प्रवेश सुबेदी र राजवी सुवेदीले अभिनयमा साथ दिएका छन् ।
२०७४ असार ५ गते प्याराग्लाइडिङ दुर्घटनामा परी ज्यान गुमाएका पाइलट प्रभात सुवेदीको सम्झनालाई आमा मनु शर्माले गीतका माध्यमबाट व्यक्त गरेको गायिका सजना बास्तोलाले बताइन । ‘यो गीतमा दुर्घटनामा ज्यान गुमाएको छोरा प्रतिको आमाको स्नेह व्यक्त गरिएको छ’ उनले भनिन, ‘आमा र छोराको प्रेमलाई गीतमा समावेश छ।’

भिडियो हेर्नुहोस् ।

कमेन्ट गर्नुहोस्
Share: