
संखुवासभा। संखुवासभामा स्काभेटरले किचेर एक वृद्धको ज्यान गएको छ। संखुवासभाको खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईलाई शनिवार स्काभेटरले किच्दा घाइते भएका थिए।
घाइते राईको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना अस्पतालमा आज ज्यान गएको हो । भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट गर्नुहोस्
