
डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जागरण अभियानका क्रममा पुत्ला दहन गरेको हो ।
जिल्ला सदरमुकाम बागबजारको भीमदत्त चोकमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरिएको हो ।
कांग्रेसले थालेको दोस्रो चरणको हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियानका क्रममा बाँके जिल्ला सभापति किरण कोइराला लगायत कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र दाहालको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए ।
कमेन्ट गर्नुहोस्
