जकार्ताको जितमा रोहितको गोल

Share:

जकार्ता। नेपाली मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा जित हात पारेको छ। आज भएको खेलमा जकार्ताले पीएसआइएसलाई २-१ गोल अन्तरले हराएको हो ।

जकार्ताको जितमा मार्को सिमिक र रोहित चन्दले एक एक गोल गरे । पीएसआइएसका सेप्टेन डेभिडले एक गोल फर्काए ।

जितसँगै जकार्ताले १६ खेलबाट १७ अंक जोडेको छ । जकार्ता १५ औं स्थानमा रहेको छ । १९ अंक जोडेको पीएसआइएस १२ औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस्
Share: