
गोरखा।भुकम्पको केन्द्रबिन्द गोरखाको बारपाकमा निर्माणाधिन ‘भुकम्प स्मृती पार्क’ झण्डै ५० प्रतिसत निर्माण कार्य सम्पन्न भएको छ । पार्क निर्माण गर्ने सम्बन्धमा लामो समय स्थानियहरु बिच कै बिबादका कारण ढिलाई भएको उक्त पार्क शुरु भएपछि पनि सुस्त गतिमा अघि बढेको हो । २०७४ साल मंसिरमा ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएको स्मृति पार्कको स्टक्चर निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) की प्रमुख सुनिता श्रेष्ठले जानकारी दिनभुयो ।
‘हाल पार्कसम्म पुग्नका लागि सडक ग्राभेलको काम सकेर कालोपत्रे गर्ने तयारी अहिले भईरहेको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक कल्वर्ड राख्ने, रिटेनिङ वाल उठाउने कामपनि संगै अगाडी बढिरहेको छ ।’ प्रमुख श्रेष्ठले स्मृती पार्कको मुख्य स्तम्भको पिलर ढलान भएर स्लोपको काम समेत अहिले भईरहेको जानकारी दिनुभयो । ‘स्ट्रक्चरको काम अन्तिम चरणमा छ, उहाँले भन्नुभयो, त्यो काम सके लगत्तै भित्री मण्डला निर्माणको काम शुरु गछौं ।’ भौगोलिक हिसावले बर्खाका बेला सामान ढुवानी गर्न समस्या भएकाले निर्माणमा सोचे जस्तो गति लिन नसकेको उहाँको भनाई छ ।
अघिल्लो आर्थिक बर्षमा ढुवानी गरेको स्टक सामान सकियो, अहिले गाडी जाने अबस्था छैन, तै पनि त्यहाँ काम नै रोकिहालेको अबस्था भने छैन ।’ श्रेष्ठले भन्नुभयो । कुल १३ करोड ७ लाख १५ हजार रुपैया लाग्ने अनुमान गरिएको स्मृती पार्कको बित्तिय अबस्था हेर्दा ३७ प्रतिसत रकम खर्च भईसकेको उहाँको भनाई छ । ‘अहिलेसम्म ४ करोड ७६ लाख, ८६ हजार रुपैया खर्च भएको छ, श्रेष्ठले भन्नुभयो, चालु आर्थिक बर्षका लागि २ करोड बजेट आएको छ, अपुग भएमाग गरेर भएपनि काम अगाडी बढाउछौ ।’ उहाँले स्मृती पार्कको आर्कषणको केन्द्रको मानिएको मुख्य स्तम्भको कामलाई हाल प्राथामिकता दिएर निर्माण गरिरहेको बताउनुभयो । चालु आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको रहेपनि निर्माण कार्य ढिलो गरि शुरु भएकोले अहिले ढिलाई भइरहेको स्थानियको भनाई छ ।
‘जुन समयमा थाल्नु पर्ने थियो, त्यो समयमा काम शुरु हुन सकेन, स्थानिय बिशु गुरुङले भन्नुभयो,‘ अहिलेको गतिमा पहिले काम भएको भए लगभग काम सम्पन्न भईसक्थ्यो ।’ उहाँले बर्खाका बेलामा समेत स्मृती पार्क निर्माणको काम भने नरोकिएको जानकारी दिनुभयो । पार्क निर्माण भएसंगै बारपाक पर्यटकहरुको सख्यामा बृद्धि हुने स्थानियले बिश्वास लिएका छन् । उक्त पार्क राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गर्न लागेको हो ।
