अम्बिकाका बिद्यर्थीलाइ छात्रबृति

Share:

बाल दिवसको अबसर पारि हाम्रो नयाँ अवसर सामुदायीक सस्थाको आयोजना तथा हाम्रो नयाँ अवसर(ओ.एन.ओ) जापानको सहकार्यमा अम्बिका मा.बि पोखरा २५ हेमजाका बिद्यथीलाई छात्राबृति बितरण गरेको छ ।

हाम्रो सदिक्षा युवालाई रोजगारी, बालबालिकालाई शिक्षा भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले अहिलेसम्म ६ सामुदायीक बिद्यालयका २८ बिद्र्थीलाई छात्राबति बितरण गरि सकेको सस्थाका सदस्य कपिल शर्माले हामीलाई जानकारी दिए । बिभिन्न अबसर पारि छात्रबृति बितरण गर्ने क्रममा बाल दिवसको अबसर पारि हमजाको सुइखेतमा रहेको अम्बिका मा.बि का बिद्र्थीलाई बितरण गरेको हो । उक्त छात्राबृतिबाट कक्षा १२ सम्म् पड्न पाउने छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य तारा बि.क ले बिद्र्थीलाई छात्राबृति प्रदान गरेकोमा सहयोगि सस्थालाई धन्यवाद दिदै बिद्थीर्ला पढाइमा निरन्तरता दिन आग्रह गरिन । उनले यस्तो सहयोगले गरिब तथा असहाय बिद्र्थीलाई पठनपाठनमा सहज हुने भन्दै पछि पनि यस्तै सहयोगको अपेक्षा रहेको बतइन ।

सस्थका अध्यक्ष देबिलाल दाहालको अध्यक्षतामा भएको कायक्रमको सञ्चालन सचिब बिष्णु बरालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: