तातो पानीले जलेकी बालिकालाई आर्थिक सहयोग, उपचार हुदै

Share:

दिदीबहिनी खेल्दाखेल्दै एक्कासी बहिनी निर्मला चेपाङ्को शरिरमा तातो पानी खनिए पछी तातोपानीले जलेर घाइते भएकी ४ बर्षीया बालिका निर्मला चेपाङ्को आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो । उनको उपचारको लागि तनहुँमा सहयोग रकम सङ्कलन गरी थप उपचारका लागी पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा ल्याइएको छ ।

विगत एक हप्ता देखि दमौली अस्पतालमा उपचाररत बालिकालाई अस्पतालले थप उपचारका लागी पोखरा लैजान पटक पटक अनुरोध गरे पनी आर्थिक अभावका कारण बालिकाको परिवारले बरु घर लैजाने तर पोखरा लैजाने गाडी भाडा समेत छैन भने पछि स्वास्थ्यकर्मी एवम् सामाजिक अभियन्ता गीता रखाली मगरको सक्रियतामा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरी पोखरा लगिएको हो ।

चितवन घर भई हाल तनहुँको व्यास ११ मा मजदुरी गर्दै आएका निर्मलाकी बाबु गणेशमान चेपाङ् र आमा धनमाया चेपाङ्ले पैसाकै कारण छोरीको ज्यान जोखिममा परेको भन्दै छोरीलाई बचाइदिन सबैसंग आग्रह गरेका छन् ।  बुबा गणेशमान चेपाङ् एक इट्टा भट्टामा दैनिक मजदुरी गरी कमाएको पैसाले ६ जनाको परीवार पाल्नुपर्ने र छोरीको उपचारमा आर्थिक अभावले थप उपचार गर्न नसकेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् ।

दमौली अस्पतालले पोखरा रिफर गरे पनी परिबारले आर्थिक अभावका कारण पोखरा लैजान नसक्ने बरु घरमै लैजाने भने पछि अस्पतालले पोखरा लैजाने तयारी नहुदा सम्मलाई अस्पतालमा उपलव्ध औषधी, विरामी र कुरुवालाई खानाको व्यवस्था निशुल्क मिलाएको थियो ।
दमौली अस्पतालले निर्मलाको थप उपचार गर्नुपर्ने हुँदा उक्त सेवा अस्पतालमा नरहेकाले छाला रोग विशेषज्ञ र बाल रोग विशेषज्ञ लगाएतको निगरानीमा उपचार गर्नुपर्ने जनाएको थियो ।

निर्मला चेपाङ्को उपचारमा सहयोग गर्ने क्रममा गरिवी विरुद्ध महिला शसक्तिकरण नेपाल नामक संस्थाले रु.१२ हजार, सुस्मा भुजेल म्याग्दे गाउँपालिका देखि रु.५ हजार, आयोन थापा मगर स्याङ्जा देखि रु.५ हजार, व्यास नगरपालिकाले रु.५ हजार, चित्रे भन्ज्याङ् साहित्य सदन स्याङ्जाले रु.४ हजार ५ सय, गीतु राना मगर वालिङ् स्याङ्जा देखि रु.२ हजार ५ सय २५, विशाल थापा म्याग्दे गाउँपालिका देखि रु.२ हजार, तेज कुमारी श्रेष्ठ म्याग्दे गाउँपालिका देखि रु.१ हजार ५ सय, ,सुस्मिता ठकुरी म्याग्दे गाउँपालिका देखि रु.१ हजार, नुक्त भुजेल म्याग्दे गाउँपालिका देखि रु.१ हजार, अनिल खवास म्याग्दे गाउँपालिका देखि रु.१ हजार, प्रशु सेन ठकुरी म्याग्दे गाउँपालिका देखि रु.१ हजार, अक्ष कुमार कायस्थ म्याग्दे गाउँपालिका देखि रु.१ हजार, रोशन श्रेष्ठ म्याग्दे गाउँपालिका देखि रु १ हजार, सुन्दर घिमिरे म्याग्दे गाउँपालिका देखि रु १ हजार, शम्भु सदाशंकर म्याग्दे गाउँपालिका देखि रु १ हजार ५, मनोज अधिकारी म्याग्दे गाउँपालिका देखि रु.१ हजार, उन्नत पौडेल म्याग्दे गाउँपालिका देखि रु १ हजार, मन वहादुर श्रीमाल म्याग्दे गाउँपालिका देखि रु १ हजार, सुर्य कुमार श्रेष्ठ म्याग्दे गाउँपालिका देखि रु.५ सय, महेश भट्टराई म्याग्दे गाउँपालिका देखि रु.५ सय, गोपाल थापा व्यास १० देखि रु ५ सय, मदन गौतम दमौलीदेखि रु ५ सय सहयोग रकम सङ्कलन भएको हो ।

सङ्कलन भएको सहयोग रकम मध्ये मितव्ययीता अपनाइ अहिले रु.२७ हजार घाइते बालिकाको आमा धनमाया चेपाङ्लाई हस्तान्तरण गरिएको र अन्य सहयोग रकम सवै जम्मा भएपछि गण्डकी अस्पतालमै हस्तान्तरण गरीने सहयोग अभियानका अभियन्ता गीता रखाली मगरको भनाई छ ।  ४ बर्षिया बालिका निर्मला चेपाङ्को थप उपचारमा सहयोग गर्न उनकी आमा धनमाया चेपाङ्को मोवाइल नम्वर ९८२६१३११२४ मा अथवा सहयोग अभियानका अभियन्ता गीता रखाली मगरको सम्पर्क न.९८५६०६०९१० मा सम्पर्क गरी वा गण्डकी अस्पतालमै विरामी बालिकालाई भेटी सहयोग गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: